जगत जननीको छैठौं बार्षिक साधारण सभा २०७१-२०७२ सम्पन्न |

काठमाडौँ, २० पौष २०७२:

मिति २०७२ साल पौष २० गते सोमबारका दिन दिनको १२ बजे यस “जगत जननी बचत तथा ऋण सहकारी संस्था लि.” को “छैठौं बार्षिक साधारण सभा २०७१-२०७२” यस संस्थाका अध्यक्ष श्री मेनका शाक्य ज्युको सभापतित्व, नेपाल रेडक्रस सोसाइटीका पूर्व मन्त्रि एबम समाज सेवी श्री संघ रत्न शाक्य ज्यूको प्रमुख आतिथ्य, सहकारी डिभिजनका प्रतिनिधि श्री शर्मिला राजभण्डारी ज्यु, नेसनल लाईफ इन्सुरेन्स कम्पनिका व्यापार प्रबर्धन अधिकृत श्री हर्ष शाक्य ज्यू र यस सस्थाका संचालक समिति र विभिन्न समिति/उपसमितिक सदस्य ज्यूहरु एबम शेयर सदस्य महानुभाबहरुको उपस्थितिमा यसै सहकारी सस्थाको कार्यालय परिसरमा सफलताका साथ् सुसम्पन्न भयो |

यस छैठौं बार्षिक साधारण सभाको सुरुवातमा संस्थाका सचिब श्री अनुप श्रेष्ठ ज्यूले स्वागत मन्तब्य दिनु भएको थियो भने कोषाध्यक्ष श्री सरोज ताम्राकार ज्यूले संस्थाको आर्थिक बर्ष २०७१-०७२ को आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो | संस्थाको सदस्यहरुको तर्फबाट सदस्य श्री श्रीकृष्ण खड्गी र सदस्य श्री विकेश श्रेष्ठ ज्यूले मन्तब्य राख्नु भएको थियो | कार्यक्रमको अन्तिम चरणमा, प्रमुख अतिथि श्री संघ रत्न शाक्य ज्यूले आफ्नो मन्तब्य राख्नु भएको थियो र संस्थाका अध्यक्ष श्री मेनका शाक्य ज्यूले संस्थाको पूर्ण आर्थिक विवरण एबम आगामी कार्य योजनाहरुका बारेमा बिस्तृत विवरण प्रस्तुत गर्नु भएको थियो | साथै, संस्थामा सबै भन्दा बढी बचत गर्ने सदस्यहरुलाई सम्मान समेत गरिएको थियो | कार्यक्रमको संचालन संस्थाकि कार्यालय सहायक श्री मुना रानामगर ले गरेकी थिईन |

यस छैठौं बार्षिक साधारण सभामा लिइएका फोटोहरु यहाँ पोस्ट गरिएको छ | फोटो ठुलो पारेर हेर्न फोटोमा क्लिक गर्नुहोस् |

Print Friendly, PDF & Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *