कार्यालय खोल्ने र भुक्तानी बारे सूचना |

काठमाडौँ २०७२ साल बैशाख १६ गते बुधबार:

मिति २०७२ साल बैशाख १२, १३ र १४ गते लगातार गएको महाभूकम्पको कारण हाम्रा धेरै सदस्यज्यूहरु, शुभचिन्तकज्यूहरु लगायत धेरै नेपाली दाजुभाई दिदिबहिनिहरु हताहत हुनुको साथै धेरै धनजनको क्षति भएको छ | यसमा यस संस्थाका संचालक समितिका सदस्यहरु लगायत सम्पूर्ण कर्मचारीहरु धेरै भन्दा धेरै दुखित छौं | यस दुखद घडीमा हाम्रो साथ् सम्पूर्ण सदस्यज्यूहरु, शुभचिन्तकज्यूहरु लगायत नेपाली दाजुभाई दिदिबहिनिहरुको साथमा सदा रही रहने छ | यस दुखद घडीलाई मध्य नजर गर्दै, अन्य बैंक तथा वित्तिय संस्थाहरू पूर्ण रुपमा नखुल्दा सम्म, हामीले हाम्रा सदस्यज्युहरुलाई निम्नानुसारको समयमा निम्नानुसारको रकम भुक्तानी दिइने व्यवस्था गरिएको व्यहोरा यसै सूचना मार्फत जानकारी गरौदछौँ | यसबाट पर्न जाने असुविधा प्रति हामी हृदय देखि क्षमा प्रार्थी छौं |

कार्यालय खोल्ने समय: १२ बजे देखि २ बजे सम्म (आइतबार देखि शुक्रबार सम्म)
भुक्तानी दिइने रकम:
इमर्जेन्सी परेका सदस्यहरुलाई: बढिमा रू. १०,०००/- सम्म
अन्य सदस्यहरुलाई: बढिमा रू. ५,०००/- सम्म

भवदीय,
व्यवस्थापन
जगत जननी बचत तथा ऋण सहकारी संस्था लि.

2072-Baishakh-16-Suchana-For-Office-Time-and-Withdrawl

Print Friendly, PDF & Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *